दफा ३ः बैङ्क वा वित्तीय संस्थाको संस्थापना

Estimated reading: 0 minutes 203 views

१) यस ऐन बमोजिम बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्नको लागि बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न चाहने कुनै पनि व्यक्तिले त्यस्तो बैङ्क वा वित्तीय संस्था प्रचलित कानुन बमोजिम पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता गराउनु पर्नेछ ।

तर यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका बैङ्क वा वित्तीय संस्थाले यो उपदफा बमोजिम दर्ता गर्नु पर्ने छैन ।

२) उपदफा (१) बमोजिम कम्पनी दर्ता गर्न प्रचलित कानुन बमोजिम अख्तियार पाएको अधिकारीले कम्पनी दर्ता गर्दा दफा ४ को अधीनमा रही गर्नु पर्नेछ ।

Share this Law

दफा ३ः बैङ्क वा वित्तीय संस्थाको संस्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.