दफा २२ : कर लेखाङ्कन गर्ने तरिका

Estimated reading: 0 minutes 442 views

(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरुप हुनेछ ।

(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त  हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।

तर अदालतमा मुद्दा परी त्यस्तो मुद्दाको निरुपण पश्चात कुनै प्राकृतिक व्यक्तिले रोजगारी बापत विगत आय वर्षहरुको पारिश्रमिक एकमुष्ट भुक्तानी प्राप्त गरेको अवस्थामा कर प्रयोजनका लागि सम्बन्धित आय वर्षमा प्रोदभावी (एक्रुयल) आधारमा लेखाङ्कन गर्नु पर्नेछ।

(३) कम्पनीले कर प्रयोजनको लागि एक्रुयल आधारमा लेखांकन गर्नु पर्नेछ ।

(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एक्रुयल आधारमा लेखांकन गर्न सक्नेछ ।

(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधीनमा रही कर लेखांकन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ । त्यस्तो व्यक्तिको आम्दानी स्पष्ट देखाउन लेखांकन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ भन्ने विभागलाई लागेमा विभागले लेखांकन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ ।

(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखांकन तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरुमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजना  गर्नु पर्नेछ ।

Share this Law

दफा २२ : कर लेखाङ्कन गर्ने तरिका

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.