दफा ४७ : सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग

Estimated reading: 0 minutes 484 views

(१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व वहन गरेको परिणामस्वरुप सो व्यक्तिको स्वामित्वमा भएको अर्काे कुनै सम्पत्ति वा वहन गरेको अर्काे कुनै दायित्व समाप्त भई वा गाभिई निसर्ग भएमा देहाय बमोजिम हुनेछ;

(क) निसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरु भएकोमा सो व्यक्तिले ,

(१) गाभिने सम्पत्ति वा दायित्वको निसर्गका सम्बन्धमा सो खुद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी हुने छैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार वहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ ।

(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निसर्गको तत्काल अघि गाभिने दायित्व बापत खुद आम्दानीहरु भएकोमा सो व्यक्तिले;

(१) गाभिने दायित्वको निसर्ग बापत सो खुद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ ।

तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकमभन्दा बढी हुनु हुँदैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारणा वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्र्राप्त गरेको मानिनेछ ।

(२) उपदफा (१) मा उल्लिखित कुराहरुको प्रतिकूल नहुने गरी सो देहायका अवस्थाहरुमा समेत लागू हुनेछ;

(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,

(ख) सो व्यक्तिबाट पट्टामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा , र

(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा ।

Share this Law

दफा ४७ : सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.