दफा १०४ : सम्पत्ति माथिको दाबी

Estimated reading: 0 minutes 528 views

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिसम्ममा सो कर दाखिला नगरेमा सो कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी सिर्जना भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम दाबी सिर्जना हुने सम्पत्ति माथि दाबी गर्दा विभागले देहायका कुराहरु खुलाएको लिखित सूचना सो व्यक्तिलाई दिनु पर्नेछ;

(क) दाबी गरिएको सम्पत्तिको विवरण,

(ख) उपदफा (३) मा उल्लेख गरिए बमोजिमको दाबीको सीमा,

(ग) सो दाबीसंग सम्बन्धित कर, र

(घ) अन्य कुनै कुरा भए सो कुरा ।

(३) उपदफा (२) बमोजिम सम्पत्तिमाथि दाबी गर्दा त्यस्तो व्यक्तिले बुझाउनुपर्ने कर, त्यस्तो करका सम्बन्धमा दफा ११९ बमोजिम बुझाउनुपर्ने ब्याज , दाबी र लिलाम बिक्री गर्दा लागेका खर्चहरुको हदसम्म मात्र दाबी सिर्जना हुनेछ।

(४) उपदफा (२) बमोजिम गरिएको दाबी देहायक कार्य नभएसम्म लागू हुने छैन;

(क) भवन तथा जग्गा जमिनको सम्बन्धमा उपदफा (६) बमोजिम दाबी दर्ता गराउन विभागले जानकारी नदिएसम्म,

(ख) अन्य प्रत्यक्ष सम्पत्तिका सम्बन्धमा विभागले दफा १०५ को उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जा नगरेसम्म, र

(ग) अन्य जुनसुकै अवस्थामा कर बक्यौता रहेको व्यक्तिलाई उपदफा (२) बमोजिमको सूचना नदिएसम्म ।

(५) कर बक्यौता रहेको व्यक्तिले बुझाउनुपर्ने उपदफा (२) बमोजिम गरिएको दाबीबाट खामिएको उपदफा (३) बमोजिमको सम्पूर्ण रकम विभागलाई बुझाएमा दाबी गरिएको सम्पत्ति फुकुवा हुनेछ ।

(६) उपदफा (२) बमोजिम विभागले कुनै जग्गा जमिन वा भवन उपर दाबी गरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ र उक्त कार्यालयले त्यस्तो जग्गा जमिन वा भवन कसैलाई बेचबिखन वा स्वामित्व हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्नेछ ।

(७) उपदफा (५) बमोजिम जग्गा , जमिन र भवन उपरको दाबी फुकुवा गर्नु पर्ने भएमा विभागले सोको जानकारी मालपोत कार्यालयमा दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएपछि मालपोत कार्यालयले त्यस्तो रोक्का भएको जग्गा जमिन र भवनको फुकुवा गरिदिनु पर्नेछ ।

(८) उपदफा (३) बमोजिम लाग्ने खर्चका सम्बन्धमा विभागले यथाशीघ्र कर बक्यौता रहेको व्यक्तिलाई देहायका कुराहरु खुलाई सूचना दिनु पर्नेछ ;

(क) त्यस्तो सूचना दिनु अगाडि कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका खर्चहरु, र

(ख) त्यस्तो खर्चहरु कर बक्यौता रहेको व्यक्तिले विभागलाई बुझाउनु पर्ने मिति ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि” दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले देहाय बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च सम्झनु पर्छ;

(क) सम्पत्ति उपरको दाबी सिर्जना वा फुकुवा गर्ने सम्बन्धमा यस दफा बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च, वा

(ख) दाबी गरिएको सम्पत्ति कब्जामा लिने, आफूसंग राख्ने र लिलाम बिक्री गर्ने सम्बन्धमा दफा १०५ बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च ।

Share this Law

दफा १०४ : सम्पत्ति माथिको दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.