दफा ५५ : निकायको विघटन

Estimated reading: 0 minutes 435 views

(१) कुनै निकायको विघटनको क्रममन हितहरुको निसर्ग हुदाँ कुनै हिताधिकारीले पाउने नाफाको अंश र योगदान गरेको पूँजीको अंशको अनुपातमा गरेको वितरणलाई निम्न सबै अवस्थाहरु पूरा भएमा सो निकायको आंशिक लाभांश र आंशिक पूँजीको भुक्तानी मानिनेछ;

(क) प्रचलित कानूनको प्रक्रिया पूरा गरी कुनै निकायले आफ्नो हित खरिद गरेको वा कुनै निकायको विघटन भएको कारणबाट समेत सो निकायमा रहेको हितको खारेजी, मोचन वा समर्थनको सम्बन्धमा त्यस्तो निकायबाट कुनै वितरण गरिएको,

(ख) पूर्ण विघटन भएकोमा बाहेक सो निकायको मुनाफाको अंशमा हिताधिकारीहरुको अधिकारको उपयुक्त अनुपातमा वितरणको गणना नभएको वा मनासिब रुपमा हुन नसकेको, र

(ग) सो निसर्गपछि सो वितरण प्राप्त गर्ने सो हिताधिकारी सो निकायसंग सम्बद्ध व्यक्ति नभएको ।

(२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायमा रहेको कुनै हिताधिकारीको हित सो निकायले प्रचलित कानून बमोजिम मान्यता प्राप्त धितोपत्र विनिमय बजार मार्फत खरिद गरी उक्त हिताधिकारीलाई गरेको वितरणमा सो उपदफा र दफा ५३ को व्यवस्था लागू हुने छैन ।

Share this Law

दफा ५५ : निकायको विघटन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.