दफा ९६ : आय विवरण

Estimated reading: 0 minutes 444 views

(१) प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधीनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको आय विवरण देहाय बमोजिम हुनु पर्नेछ;

(क) देहायका कुरा खुलाई विभागबाट तोकिएको तरिका र ढाँचामा तयार गर्नु पर्नेछ;

(१) प्रत्येक रोजगारी, व्यवसाय वा लगानीबाट सो व्यक्तिको सो वर्षमा भएको निर्धारणयोग्य आय र त्यस्तो आयको स्रोत ,

(२) सो वर्षमा सो व्यक्तिको करयोग्य आय र सो आयमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिलाई लाग्ने कर ,

(३) गैरबासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनले सो आय वर्षमा विदेश पठाएको आय र सो आयमा लाग्ने कर,

1(४) …………………………………

1(५) …………………………………

(६) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी ।

(ख) आय विवरण ठिक साँचो र पूर्ण भएको भन्ने घोषणा गरी सो व्यक्ति वा व्यवस्थापकबाट सहिछाप गरिएको हुनु पर्नेछ, र

(ग) आय विवरणसाथ देहायका कुराहरु संलग्न हुनु पर्नेछ;

1(१) ……………………………………………

(२) उपदफा (४) बमोजिम सो व्यक्तिलाई उपलब्ध गराइएको कुनै विवरण,

1(३) …………………………………………….

(४) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी ।

(३) कुनै व्यक्तिले कर्मचारीको हैसियतले बाहेक कुनै भुक्तानी लिएरर कुनै अर्काे व्यक्तिको आय विवरण वा आय विवरणसाथ संलग्न हुनु पर्ने कागजात वा  विवरण तयार पारेमा वा तयार पार्न सहयोग गरेमा त्यस्तो व्यक्तिले देहायको कुरा प्रमाणित गर्नु पर्नेछ;

(क) अर्काे व्यक्तिले दफा ८१ बमोजिम राखेको कागजातहरु जाँच गरेको, र

(ख) विवरण वा जानकारीले सम्बन्धित परिस्थितिलाई वास्तविक रुपमा प्रतिबिम्बत गरेको ।

(४) उपदफा (३) बमोजिम विवरण प्रमाणित गर्नु पर्ने व्यक्तिले विवरण प्रमाणित गर्न ईन्कार गरेमा त्यसरी ईन्कार गर्नुका कारणहरु लिखित रुपमा उल्लेख गरी जसको आय विवरण प्रमाणित गरी दिन पर्ने हो सो व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।

(५) देहायका अवस्थामा उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला गर्नु पर्ने म्यादभन्दा अगावै दफा १०० को अधीनमा रही विभागले कुनै व्यक्तिलाई दिएको लिखित सूचनामा उल्लिखित म्यादभित्र सो आय वर्ष वा आय वर्षको कुनै भागको आय विवरण दाखिला गराउन सक्नेछ;

(क) सो व्यक्ति टाट पल्टिएमा, ऋणमा डुबेमा वा विघटन भएमा,

(ख) सो व्यक्तिले अनिश्चित समयका लागि नेपाल छोड्ने भएमा,

(ग) सो व्यक्तिले कुनै कारणले नेपालमा गरिरहेको कार्य छोड्न लागेमा , वा

(घ) विभागले अन्यथा उपयुक्त सम्झेमा।

(६) कुनै व्यक्तिले विभागमा म्यादभित्र पेश गरेको आय विवरण अन्यथा भई संशोधन गर्न चाहेमा विवरण पेश गरेको मितिले तीस दिनभित्र विभागले तोकेको प्रक्रिया बमोजिम आय विवरण संशोधन गर्न सक्नेछ।

1 आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।

Share this Law

दफा ९६ : आय विवरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.