दफा ११९ः कर नबुझाएमा ब्याज लाग्ने

Estimated reading: 0 minutes 778 views

(१) कर तिर्नु पर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले ब्याज लाग्नेछ

(२) उपदफा (१) बमोजिम तिर्नु पर्ने ब्याज गणना गर्ने प्रयोजनको लागि दफा ९८ बमोजिम दिइएको थप म्यादमा ब्याज छूट पाइने छैन ।

(३) अग्रिम कर असुल गर्ने व्यक्तिले दफा ९५क. को उपदफा (८) वा अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ९० को उपदफा (४) पालना नगरेको कारणले निजले बुझाउनुपर्ने ब्याज निजले अग्रिम कर दाखिला गर्नुपर्ने वा अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुल उपर गरी लिन पाउने छैन ।

(४) दफा ११०क. बमोजिम दिइएको म्याद भित्र कर नतिरेमा तिर्न बाँकी करमा वार्षिक पाँच प्रतिशतका दरले थप व्याज लगाई त्यस्तो व्यक्तिबाट असुल उपर गरिनेछ।

Share this Law

दफा ११९ः कर नबुझाएमा ब्याज लाग्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.