दफा ११४ : प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णयहरु तथा कार्यविधि

Estimated reading: 0 minutes 412 views

(१) यस ऐनको प्रयोजनको लागि देहायका निर्णयहरु एपर प्रशासकीय पुनरावलोकन हुन सक्नेछ;

(क) दफा ७६ बमोजिम विभागले जारी गरेको पूर्वादेश,

1(क१) दफा ९० को उपदफा (८) बमोजिम गरिएको निर्णय वा दिइएको आदेश,

(ख) दफा ९५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित करका बारेमा विभागले गरेको अनुमान वा अनुमान गर्नको लागि गरेको निर्णय,

(ग) दफा ९६ को उपदफा (५) वा दफा ९७ बमोजिम आय विवरण पेश गर्न कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,

(घ) कुनै व्यक्तिले दफा ९८ बमोजिम पेश गर्नु पर्ने आय विवरणको म्याद थप गरिपाउन दिएको निवेदनमा थप गरिपाउन दिएको निवेदनमा विभागले गरेको निर्णय,

(ङ) दफा १०० वा १०१ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षको लागि बुझाउनुपर्ने करको निर्धारण वा दफा १०५ को उपदफा (५) बमोजिमको लिलाम बिक्री खर्चको निर्धारण वा  दफा १२२ बमोजिम कुनै व्यक्तिले बुझाउनुपर्ने शुल्क तथा ब्याजको निर्धारण ,

(च) दफा १०८ को उपदफा (२) बमोजिम प्रापकको हैसियतमा कुनै व्यक्तिले पाउने रकम भनी छुछ्याई राख्नु पर्ने गरी विभागले दिएको सूचना,

(छ) दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने रकम राख्ने कुनै व्यक्तिलाई विभागमा दाखिला गर्न आदेश दिने गरी विभागले गरेको निर्णय,

(ज) दफा ११० को उपदफा (१) गैर बासिन्दा व्यक्तिको तर्फबाट दाखिला गर्नु पर्ने कुनै व्यक्तिको कर दाखिला गर्न कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,

(झ) दफा ११३ को उपदफा (५) बमोजिम कर फिर्ता पाउँ भनी कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय, र

(ञ) दफा ११५ को उपदफा (३) बमोजिम उजुरी दर्ता गर्ने म्याद थपको लागि कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय ।

(२) उपदफा (१)को खण्ड (घ), (झ) र (ञ) मा उल्लिखित विषयहरुका सम्बन्धमा विभागले कुनै निर्णय गरेको भए तापनि दफा ९८, दफा ११३ को उपदफा (३) वा दफा ११५ को उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिलाई निवेदन परेको तीस दिनभित्र विभागले निर्णयको सूचना नदिएमा सो निवेदन अस्वीकार गर्ने निर्णय गरे सरह मानी उपदफा (१) बमोजिम सो उपर प्रशासकीय पुनरावलोकन हुन सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र निर्णयको सूचना निवेदन दिने व्यक्तिलाई प्राप्त नभएमा र सोको जानकारी विभागमा दर्ता गराएमा विभागले सो उपदफामा उल्लिखित निवेदन अस्वीकार गर्न गरेको निर्णय र सोको सूचना सो मितिमा सो व्यक्तिलाई दिएको मानिनेछ ।

1 आर्थिक ऐन, २०७५ द्वारा थप।

Share this Law

दफा ११४ : प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णयहरु तथा कार्यविधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.