दफा १०९ : रकम बुझाउनुपर्ने व्यक्तिबाट कर असुल उपर गर्ने

Estimated reading: 0 minutes 424 views

(१) कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाईसक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा देहाय बमोजिमको कुनै पनि भुक्तानीकर्तालाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनुपर्ने करको हदसम्मको रकम सो सूचनामा उल्लिखित मितिभित्र विभागमा दाखिला गर्न आदेश दिन सक्नेछ;

(क) कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति,

(ख) कर बक्यौता राख्ने व्यक्तिको लागि वा निजको तर्फबाट द्रब्य राख्ने व्यक्ति,

(ग) कर बक्यौता राखने व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रब्य राख्ने व्यक्ति ,वा

(घ) तेस्रो पक्षबाट सो द्रब्य कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने अख्तियारी पाएको व्यक्ति ।

(२) विभागले उपदफा (१) बमोजिम भुक्तानीकर्तालाई दिएको सूचनाको प्रतिलिपि कर बक्यौता राख्ने व्यक्तिलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको सूचनामा उल्लिखित मिति खण्ड (क) र (ख) मा उल्लिखित मितिभन्दा अघिल्लो हुन सक्ने छैन;

(क) सो रकम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनुपर्ने मिति वा निजको तर्फबाट त्यस्तो रकम राखेको मिति, र

(ख) उपदफा (२) बमोजिम सूचना दिएको मिति ।

(४) उपदफा (१) बमोजिम भुक्तानीकर्ताले सो उपदफा बमोजिम दाखिला गरेको रकम कर बक्यौता राख्ने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ । यस्तो रकम कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले भुक्तानीकर्तासँग दाबी गर्न पाउने छैन ।

Share this Law

दफा १०९ : रकम बुझाउनुपर्ने व्यक्तिबाट कर असुल उपर गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.