दफा ४५ : सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरु

Estimated reading: 0 minutes 455 views

(१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निसर्ग गरेमा देहाय बमोजिम हुनेछ;

(क) सो व्यक्तिले सो सम्पत्तिको निसर्गबाट सो सम्पत्तिको निसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्ति बापत भएको खुद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(ग) ऐनको दफा २ को खण्ड (द) को उपखण्ड (५) बमोजिम हस्तान्तरण भई आएको सम्पत्तिको हकमा हस्तान्तरण गर्ने व्यक्तिको लागत नै हस्तान्तरण भई सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति , गैर व्यावसायिक करयोग्य सम्पत्ति वा व्यापारिक मौज्दातका रुपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निसर्ग गरेमा र उपदफा (६) बमोजिमका कुराहरु पूरा भएमा देहाय बमोजिम हुनेछ;

(क) सो निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम सो निसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरु पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा देहाय बमोजिम हुनेछ;

(क) सो व्यक्तिले सो निसर्ग हुदाँका बखत अनुसूची–२ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ , र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य नदिई हस्तान्तरण गरी सो दायित्वको निसर्ग गरेमा देहाय बमोजिम हुनेछ;

(क) सो व्यक्तिको सो निसर्ग बापत बजार मूल्य वा सो निसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्व बापत भएको खूद आम्दानीमध्ये जुन घटी हुन्छ सो रकम बराबर लागत परेको मानिनेछ र

(ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लिँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरु पूरा गरी आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निसर्ग गरेमा देहाय बमोजिम हुनेछ;

(क) सो व्यक्तिले उक्त निसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खुद आम्दानी बराबरको रकम सो निसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र

(ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ ।

(६) उपदफा (२) , (३) र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरु पूरा गरेको हुनु पर्नेछ;

(क) निसर्ग गरिएको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्कालपछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ ।

(ख) निसर्ग गरिएको गैरव्यावसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्कालपछिको सम्बद्ध व्यक्तिको व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात हुनेछ ।

(ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ ।

(घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनु पर्छ तथा सम्बद्ध व्यक्ति कर छूट पाउने व्यक्ति भएको हुनु हुदैन ।

(ङ) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कम्तीमा पचास प्रतिशत रहिरहनु पर्नेछ र

(च) अवस्था अनुसार उपदफा (२) , (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखित रुपमा अनुरोध गर्नु पर्नेछ ।

Share this Law

दफा ४५ : सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.