दफा ८९ : ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी

Estimated reading: 0 minutes 477 views

(१) बासिन्दा व्यक्तिले ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कुल रकममा एक दसमलब पाँच प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित रकम यकीन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पिउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरु भए सो समेत जोडी यकीन गर्नु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैरबासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर कट्टी गर्नु पर्नेछ;

(क) ठेक्का वा करारमा पाँच प्रतिशत,

(ख) गैर बासिन्दा बीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा वा गैर बासिन्दा बीमा कम्पनीबाट पुर्नबीमा वापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशनमा एक दसमलब पाँच प्रतिशत,

(ग) खण्ड (क) वा (ख)मा लेखिएदेखि बाहेक विभागले त्यस्तो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिइएकोमा सो सूचनामा उल्लिखित दरमा।

तर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले, गोली, आफ्नो प्रयोजनका लागी खरिद गर्ने हातहतियार गठ्ठा तथा सञ्चार उपकरणको खरिद बापतको भुक्तानीमा यो उपदफा लागु हुने छैन।

1(३क) उपभोक्ता समितिमार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैयाँभन्दा बढीको भुक्तानी रकममा एक दशमलब पाँच प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैन;

(क)  व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएकोवा घर र घरमा जडित सामान तथा उपकरण बापत तिरेको भाडा बाहेकको अन्य कुनै भुक्तानी,

(ख) कर छूट दिइएका भुक्तानी वा दफा ८७, ८८ वा ८८क. बमोजिम कर कट्टी गर्नु पर्ने भुक्तानी ।

स्पष्टीकरणः  यस दफाको प्रयोजकको लागि “ठेक्का वा करार” भन्नाले कुनै वस्तु वा श्रमिकको आपूर्ति वा मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा गरिएको करार वा सम्झौता तथा विभागले ठेक्का वा करार भनी तोकेको कार्यलाई सम्झनु पर्छ र त्यस्तो करार वा सम्झौताले निर्माण वा जडान वा स्थापनासँग सम्बन्धित सेवा समेतलाई समेटेको भए सो सेवा बापतको भुक्तानीलाई समेत जनाउँछ।

1 आर्थिक ऐन, २०७५ द्वारा थप।

Share this Law

दफा ८९ : ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.