दफा ५२ : निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु

Estimated reading: 0 minutes 435 views

(१) कुनै निकाय कर दाखिल गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारीभन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ ।

(२) निकायबाट हुने वितरण दफा ५३ मा उल्लेख भए बमोजिम हुनेछ र त्यसरी हुने वितरणमा दफा ५४ बमोजिम यसका हिताधिकारीलाई कर लगाइनेछ ।

(३) निकायबात प्राप्त गरिएको रकम र व्यहोरिएको खर्च रकम निकायले अन्य व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको वा खर्च व्यहोरेको वा नव्यहोरेको जे जस्तो भए पनि निकायले प्राप्त गरेको र व्यहोरेको मानिनेछ ।

(४) निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई सोही निकायको स्वामित्व वा भारमा रहेको मानिनेछ । यस्तो स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई अन्य कुनै व्यक्तिको स्वामित्व वा भारमा रहेको मानिने छैन ।

(५) निकायको आयको लागि त्यसको व्यवस्थापक , हिताधिकारी वा निकाय जोसुकैले दाखिला गरेको विदेशी आयकर सो निकायले दाखिला गरेको मानिनेछ ।

(६) कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारी बीचको कारोबारलाई परिच्छेद –७ र दफा ४५ को अधीनमा रही मान्यता दिइनेछ ।

Share this Law

दफा ५२ : निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.