दफा १९ : ह्रासकट्टी खर्च

Estimated reading: 0 minutes 521 views

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची–२ बमोजिम ह्रास खर्च कट्टी गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरुमा जडान भएका संयन्त्रहरु, उपकरणहरु, र अन्य मेशिनरीहरुको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ ;

(क) साबिकमा जडान भई रहेका संयन्त्रहरु, उपकरणहरु, र अन्य मेशिनरीहरु पुराना वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु जडान गर्नु पर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पुरानो वा जीर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आय वर्षसम्मको ह्रास कट्टी घटाउँदा बाँकी हुने मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ ।

(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरुका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आय वर्षसम्मको ह्रास कट्टी घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ ।

Share this Law

दफा १९ : ह्रासकट्टी खर्च

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.