दफा ६९ : नियन्त्रित विदेशी निकायहरु

Estimated reading: 0 minutes 391 views

(१) कुनै निकायले कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा सो निकायले सो वर्षमा भएको सम्बद्ध आयको लाभांश वितरण गरेमा आफ्ना हिताधिकारीहरुलाई समानुपातमा देहाय बमोजिम लाभांश वितरण गरेको मानिनेछ;

(क) लाभांश वितरण गर्दा सो आयमा रहने सो हिताधिकारीहरुको अधिकार अनुसार, वा

(ख) ती अधिकारहरु मनासिब रुपमा निश्चित नभएमा विभागले परिस्थिति अनुरुप उपयुक्त ठानेको तरिका अनुसार ।

(२) कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा रहेको निकायबाट सो आय वर्षमा उपदफा (१) बमोजिम बाहेक वितरण गरिएका लाभांशहरुमा कर लाग्ने छैन।

(३) लाभांश वितरणको समयमा नियन्त्रित विदेशी निकायसंग सम्बद्ध रहेका हिताधिकारीहरुलाई सो निकायबाट उपदफा (१) बमोजिम वितरण गरिएको मानिने लाभांशको सम्बन्धमा देहाय बमोजिम भएको मानिनेछ;

(क) सो निकायको सम्बद्ध आयको  किसिम र स्रोत सरहको विशेषता भएको, र

(ख) सो निकायको सन्बद्ध आयको प्रत्येक किसिम र स्रोतमध्येबाट समानुपातिक रुपमा वितरण गरेको।

(४) उपदफा (३) बमोजिम वितरण गरिएको मानिने रकमका सम्बन्धमा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम दाखिला गरिएको मानिने समेत कुनै नियन्त्रित विदेशी निकायबाट दाखिला गरिएको कुनै कर सो निकायसँग सम्बद्ध हिताधिकारीका लागि छुट्याउनु पर्नेछ ।

(५) बाँडफाँडको समयमा उपदफा (४) बमोजिम छुट्याइएको कर हिताधिकारीले दाखिला गरेको मानिनेछ र त्यस्तो करका लागि हिताधिकारीले दफा ७१ मा व्यवस्था गरिए बमोजिम कर मिलान गर्ने सुविधा पाउन सक्नेछ ।

(६) वितरणको समयमा उपदफा (१) बमोजिम हिताधिकारीलाई वितरण गरिएको मानिने रकमलाई सो प्रापक हिताधिकारीको सो वितरण गर्ने निकायमा हितको रुपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको खर्चमा समावेश गर्नु पर्नेछ ।

(७) वितरणको समयमा उपदफा (२) बमोजिम कर छूट पाउने हिताधिकारीलाई वितरण गरिएको लाभांशलाई प्रापक हिताधिकारीलाई सो वितरण गर्ने निकायमा हितको रुपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानीमा समावेश गर्नु पर्नेछ ।

(८) यस ऐनको प्रयोजनकोलागि दाखिला गरेको विदेशी आयकरलाई वा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम कुनै नियन्त्रित विदेशी निकायले दाखिला गरे सरह मानिएको विदेशी आयकरलाई सो निकायले यस ऐन बमोजिम दाखिला गरेको वा दाखिला गरे सरह मानिएको कर रकम मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–

(क) “सम्बद्ध आय” भन्नाले कुनै आय वर्षमा कुनै नियन्त्रित विदेशी निकायको करयोग्य आय गणना गर्दा सो निकायलाई बासिन्दा निकाय भए सरह मानी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ ।

(ख) “नियन्त्रित विदेशी निकाय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको प्रत्यक्ष रुपमा वा एक वा बढी मध्यस्थ गैरबासिन्दा निकायहरुको माध्यमबाट अप्रत्यक्ष रुपमा हित रहेको कुनै गैरबासिन्दा निकायलाई जनाउँछ र सो व्यक्ति सो निकायसंग सम्बद्ध रहेको छ वा सो सम्बद्ध मानिने व्यक्ति तथा कुनै अन्य बढीमा चार बासिन्दा व्यक्तिहरु सो निकायसंग सम्बद्ध भएको भए त्यस्तो निकायलाई पनि नियन्त्रित विदेशी निकाय सम्झनु पर्छ ।

Share this Law

दफा ६९ : नियन्त्रित विदेशी निकायहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.