दफा १०० : संशय कर निर्धारण

Estimated reading: 0 minutes 377 views

(१) दफा ९६ को उपदफा (५) बमोजिम कुनै आय वर्ष वा कुनै आय वर्षको कुनै अंशको आय विवरण दाखिला गर्नु पर्ने भएमा दफा ९९ बमोजिम गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९६ को उपदफा (५) मा उल्लिखित अवस्थामा विभागले कुनै आय वर्ष वा उक्त वर्षको अंशको लागि दफा ९६ को उपदफा(२) को खण्ड (क) को उपखण्ड (१), (२) र (३)मा उल्लिखित रकमको आधारमा न्यायोचित रुपले सो व्यक्तिको कर निर्धारण गर्न सक्नेछ।

(३) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा देहाय बमोजिम हुनेछ;

(क) पूरा आय वर्षको कर निर्धारण गरिएको व्यक्तिले सो आय वर्षको लागि दफा ९६ को उपदफा (१) बमोजिमको आय विवरण दाखिल गर्नु पर्ने छैन, वा

(ख) कुनै आय वर्षको अंशको कर निर्धारण गरिएको व्यक्तिले दफा ९६ को उपदफा (१) बमोजिम सो आय  वर्षको आय विवरण दाखिल गर्नु पर्नेछ ।

(४) कुनै आय वर्षको कुनै अंशको कर निर्धारण अनुसार दाखिला गरेको कर रकम पूरा वर्षको कर निर्धारण गर्दा लाग्ने करमा मिलान गर्न पाइनेछ ।

(५) यस दफा बमोजिम कर निर्धारण गर्दा विभागले सफाईको सबुत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।

Share this Law

दफा १०० : संशय कर निर्धारण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.