दफा ७३ : अन्तर्राष्ट्रिय सम्झौताहरु

Estimated reading: 0 minutes 353 views

(१) कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानून बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारले विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।

(२) नेपालसंग सम्पन्न भएका कुनै अन्तर्राष्ट्रिय सम्झौता बमोजिम अर्काे देशको सक्षम अधिकारीले सो अर्काे देशको कर कानून अन्तर्गत कुनै बक्यौता राख्ने व्यक्तिले बुझाउनुपर्ने रकम नेपालमा सङ्कलन गरिदिन विभागलाई अनुरोध गरेको अवस्थामा यो उपदफा लागू हुनेछ ।

(३) उपदफा (२) लागू हुने अवस्थामा विभागले सो सक्षम अधिकारीलाई सो रकम पठाउने प्रयोजनको लागि कर बक्यौता राख्ने सो व्यक्तिलाई लिखित रुपमा सूचना गरी सो सूचनामा उल्लेख गरिएको मितिभित्रमा त्यस्तो रकम विभागमा दाखिला गर्न लगाउन सक्नेछ ।

(४) कुनै अन्तराष्ट्रिय सम्झौतामा नेपालले आय वा भुक्तानीमा छूट दिनु पर्ने वा आय वा भुक्तानीमा करको घटाइएको दर लगाउनुपर्ने गरी व्यवस्था गरिएको भएमा यो उपदफा लागू हुनेछ ।

(५) उपदफा (४) लागू भएको अवस्थामा देहाय बमोजिमको कुनै निकायलाई कर छूट वा कर कट्टीको सुविधा उपलब्ध हुने छैन;

(क) सो सम्झौताको प्रयोजनको लागि सो सम्झौताको अर्काे पक्ष रहेको राष्ट्रको बासिन्दा मानिने निकाय , र

(ख) सो निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा प्राकृतिक व्यक्तिहरुद्धारा वा कुनै प्राकृतिक व्यक्तिको हित नरहेको निकायहरुद्धारा ग्रहण गरिएको र सो सम्झौताको प्रयोजनको लागि सो व्यक्तिहरु वा निकायहरु सो सम्झौताको अर्काे पक्ष रहेको राष्ट्रको वा नेपालको पनि बासिन्दा नभएको ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “अन्तराष्ट्रिय सम्झौता” भन्नाले देहायको व्यवस्था गर्ने कुनै विदेशी सरकारसंग सम्पन्न गरिएको नेपालको हकमा लागू भएको कुनै सन्धि वा सम्झौता सम्झनु पर्छ;

(क) दोहोरो करबाट मुक्ति दिने र वित्तीय छल निरोध गर्ने, वा

(ख) कर दायित्वको कार्यान्वयनमा पारस्परिक प्रशासनिक सहायता प्रदान गर्ने ।

Share this Law

दफा ७३ : अन्तर्राष्ट्रिय सम्झौताहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.