(१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुबैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी छनौट गर्न सक्नेछन ।

(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनुपर्ने करको लागि एक अर्काप्रति संयुक्त रुपमा र छुट्टाछुट्टौ रुपमा जिम्मेवार हुनेछन् ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई दम्पती सरह मानिनेछ।

Share this Law

दफा ५० : दम्पत्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.