परिच्छेद-८ सम्पत्ति र दायित्वबाट प्राप्त खुद लाभको निर्धारण

दफा ४३ : पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण

Estimated reading: 0 minutes 67 views

सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखित रुपमा छनौट गरेमा देहाय बमोजिम हुनेछ;

(क) सो व्यक्तिले निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खुद खर्चहरु बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ , र

(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

Share this Law

दफा ४३ : पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.