दफा ३९ : सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी

Estimated reading: 0 minutes 447 views

(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरुमा देहायका रकमहरु समावेश गर्नु पर्नेछ;

(क) निजले दायित्वको सम्बनधमा दायित्व वहन गर्दा प्राप्त गरेका रकमहरु,

(ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व बृद्धि गरी प्राप्त गरिएका रकमहरु लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरु, र

(ग) सो सम्पत्ति वा दायित्वको निसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरु ।

तर यस्तो आम्दानीमा कर छुट पाएको रकम, अन्तिम रुपमा कट्टी हुने भुक्तानी वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरु समावेश हुने छैनन् ।

(२)  कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद आम्दानीहरुमा सो समयमा सो सम्पत्ति वा दायित्व बापतका खर्चहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरु बढी भए जतिको रकमहरु समावेश गर्नु पर्नेछ ।

(३) परिच्छेद–६ र परिच्छेद–७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिम  गर्नु पर्नेछ ।

तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

Share this Law

दफा ३९ : सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.