दफा ३४ : आयको खण्डीकरण

Estimated reading: 0 minutes 392 views

(१) कुनै व्यक्तिले आफ्नो आय अर्काे व्यक्तिसंग विभाजन गर्न प्रयत्न गरी सो बाट बुझाउनु पर्ने करमा कुनै कमी आउने देखिएमा दायित्व घटी हुन नदिन विभागले लिखित रुपमा सूचना दिएर प्रत्येक व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरु समायोजन गराउन सक्नेछ ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम व्यक्ति र सम्बद्ध व्यक्ति बीच प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरुद्वारा देहायका रकमहरुको हस्तान्तरण र सो हस्तान्तरणको प्रयोजनले सो व्यक्ति वा सम्बद्ध व्यक्तिबाट बुझाउनु पर्ने करमा कमी ल्याउन आय विभाजन गर्ने प्रयत्न गरेको अवस्थाहरु समेतलाई जनाउनेछ ;

(क) प्राप्त गरिने रकम वा गरिने खर्चहरु, वा

(ख) कुनै सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिले सो सम्पत्तिबाट प्राप्त गर्ने रकम वा उपभोग गर्ने रकम वा सो सम्पत्तिको स्वामित्व लिए बापत व्यहोरेको खर्च वा दिएको भुक्तानी ।

(३) विभागले उपदफा (२) बमोजिम कुनै व्यक्तिले आय विभाजन गर्न खोजेको हो वा होइन भन्ने कुरा यकिन गर्दा हस्तान्तरणका लागि गरिएको कुनै पनि भुक्तानीको बजार मूल्यको आधार लिनेछ ।

Share this Law

दफा ३४ : आयको खण्डीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.