दफा २७ : रकमहरुको परिमाणीकरण

Estimated reading: 0 minutes 400 views

(१) कुनै भुक्तानीलाई देहायको रकम बराबरमा परिमाणीकरण गर्नु पर्नेछ;

(क) कुनै एक व्यक्तिले अर्काे व्यक्तिलाई  सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित  सम्पत्तिको बजार मूल्य बराबरको रकम,

(ख)  देहायका कुरा उपलब्ध गराए बापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकम ;

(१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिक रुपमा निजी प्रयोजनका लागि प्रयोग गरिएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन,वा

(२) भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन ।

(ग) देहायका कुरा उपलब्ध गराए बापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आयको रकम;

(१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक,माली वा अन्य घरेलु सहायकको सेवा,

(२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा

(३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, विजुली, टेलिफोन जस्ता सेवाहरु,

(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नु पर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको ब्याज प्रचलित ब्याज दर अनुसार तिर्नु पर्ने ब्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम, र

(ङ) खण्ड (क), (ख) (ग) र (घ) मा उल्लिखित भुक्तानी बाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सट्टा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतया पाउने फाइदाको मूल्य बराबरको रकम ।

(२) उपदफा (१) को खण्ड (क) र (ङ) को सम्बन्धमा भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको , बहन गरेको वा कर प्रयोजनको लागि अन्य रुपमा हिसाब गरिएको समयलाई नै रकमहरुको परिमाणीकरण भएको समय मानिनेछ ।

Share this Law

दफा २७ : रकमहरुको परिमाणीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.