दफा २५ : डुबेको ऋण लगायतका रकमहरुको रिभर्स

Estimated reading: 0 minutes 406 views

(१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोध भर्ना, असूल उपर, दाबी त्याग, अपलेखन, वा मिनाहा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछ ;

(क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो रकम फिर्ता  गरेमा वा खर्च असूल उपर गरेमा,

(ख) प्राप्त गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफ्नो अधिकार छाडि दिएमा वा सो रकम सो व्यक्तिको ऋण दाबी भएको अवस्थामा निजले सो ऋणलाई डुवेको ऋण मानी अपलेखन गरेमा, वा

(ग) खर्च गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्न दायित्व छाडिदिएमा वा सो खर्च ऋण दाबी भएको अवस्थामा जुन व्यक्तिलाई सो ऋण तिर्नुपर्ने हो सो व्यक्तिले ऋण मिनाहा दिएमा ।

(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुवेको ऋणको रुपमा अपलेखन गर्न पाउनेछ;

(क) कुनै वित्तीय संस्था वा बैङ्कको ऋण दाबीका हकमा सो ऋण दाबी तोकिएको मापदण्डहरु अनुसार डुबेको ऋणमा परिणत भएमा, र

(ख) खण्ड (क) मा उल्लिखित अवस्थामाबाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरु अपनाएपछि सो व्यक्ति सो अधिकार वा ऋण दाबी असूल उपर हुन नसक्ने कुरामा मनासिब रुपमा विश्वस्त भएमा ।

Share this Law

दफा २५ : डुबेको ऋण लगायतका रकमहरुको रिभर्स

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.