दफा १६ : मर्मत तथा सुधार खर्च

Estimated reading: 0 minutes 429 views

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरु कट्टी गर्न पाउनेछ ।

(२)  उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा उक्त आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशतभन्दा बढी हुने छैन।

तर,

हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नाकरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाई जहाजको परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा त्यस्तो सीमा लागू हुने छैन।

(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप कट्टी गर्न नपाइने मर्मत तथा सुधार बापत कुनै अधिक खर्च वा त्यसको भाग आगामी आय वर्षको सुरुमा  सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।

Share this Law

दफा १६ : मर्मत तथा सुधार खर्च

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.