दफा १४ : ब्याज कट्टी

Estimated reading: 0 minutes 393 views

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको व्यवसाय वा लगानीबाट आय आर्जन हुने सिर्जना भएको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउनेछ;

(क) कुनै रकम ऋण लिए बापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरिद गर्न प्रयोग गरिएको , वा

(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको ।
1(ग) …………………………..

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छूट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई ब्याज भुक्तानी गरेमा  उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो ब्याज रकम देहायका रकमहरुको जम्माभन्दा बढी हुने छैन ;

(क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै ब्याज रकम, र

(ख) सो निकायबाट प्राप्त गरिएको कुनै ब्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै ब्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको समायोजित करयोग्य आयको पचास प्रतिशत रकम ।

(३) उपदफा (२) बमोेजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै ब्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि “कर छूट पाउने संस्थाद्धारा नियन्त्रित बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरुको पच्चीस प्रतीशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्झनु पर्छ ;

(क) कर छूट पाउने संस्था र सो संग सम्बद्ध व्यीिक्त,

(ख)  सो वर्षमा दफा ११ बमोजिम कर छूट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसंग सम्बद्ध व्यक्ति,

(ग) गैर बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्तिसंग सम्बद्ध व्यक्ति , वा

(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरुको कुनै संयोजन ।

1 आर्थिक ऐन, २०७५ द्वारा झिकिएको। 

Share this Law

दफा १४ : ब्याज कट्टी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.