दफा १२ : कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार

Estimated reading: 0 minutes 366 views

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृत प्राप्त कर छूट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउने दाबी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त उपदफा बमोजिम कुनै आय वर्षमा  घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा त्यस्तो व्यक्तिको उक्त वर्षको समायोजित  करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुने छैन ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च बापत पूर्ण वा आंशिक रुपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।

Share this Law

दफा १२ : कर छूट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.