दफा १४३ : खारेजी, संशोधन र बचाउ

Estimated reading: 0 minutes 355 views

(१) आयकर ऐन, २०३१ र घर जग्गा बहाल कर ऐन, २०२३ खारेज गरिएका छन् ।

(२) देहायका ऐनहरुमा देहाय बमोजिम संशोधन गरिएका छन्;

1(क)…………………………

(ख) कर्मचारी संचय कोष ऐन, २०१९ मा संशोधनः  कर्मचारी संचय कोष ऐन, २०१९ को दफा १८ को खण्ड (ख) को अन्त्यमा रहेका “कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरुको सट्टा “आयकर बाहेक कुनै किसिमको
कर लाग्ने छैन” भन्ने शब्दहरु राखिएका छन् ।

(ग) नेपाल पेट्रोलियम ऐन, २०४० मा संशोधनः नेपाल पेट्रोलियम ऐन, २०४० को दफा १३ को खण्ड (ग) झिकिएकोछ ।

(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९मा संशोधिनः निवृत्ति कोष ऐन, २०४२ को दफा २९मा रहेका “यस्तै अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरुको सट्टा “आयकर बाहेक अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरु राखिएका छन् ।

(ङ) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ मा संशोधनः नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ खारेज गरिएकोछ ।

(च) नेपाल  विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० मा संशोधनः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३०  खारेज गरिएकोछ ।

2(छ) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा संशोधनः

(१) औद्यिगिक व्यवसाय ऐन, २०४९ को दफा १५ को खण्ड (ग), (घ), (ङ), (ञ), (ठ), (त), (थ), (द) र (ध) झिकिएका छन् ।

(२) खण्ड (च) मा रहेका “आयकरमा सञ्चालन मितिले दश वर्षसम्म क्रमशः तीस, पच्चीस र बीस प्रतिशत तथा” भन्ने शब्दहरु झिकिएका छन् ।

(ज) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा संशोधन: विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ५ को उपदफा (१क) झिकिएकोछ ।

(झ) बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधनः बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा २१ को दोस्रो हरफमा रहेको “आयकर” भन्ने शब्द झिकिएकोछ ।

(ञ) त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधनः त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ३३ को उपदफा (२) झिकिएकोछ ।

(ट) विद्युत ऐन, २०४९ को दफा १२ मा संशोधनः

(१) विद्युत ऐन, २०४९ को दफा १२ को दफा शीर्षकमा रहेको “आयकर “भन्ने शब्द झिकिएको छ ।

(२) उपदफा (१), (२) , (३) , (४), (५) र (६) झिकिएका छन् ।

(ठ) पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ मा संशोधनः पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ को उपदफा  (२) झिकिएकोछ ।

(ड) बी. पी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ मा संशोधनः बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ को दफा १८ को उपदफा (१) मा रहेको “आयकर” भन्ने शब्द झिकिएकोछ ।

(ढ) नगर विकास कोष ऐन, २०५३ मा संशोधनः नगर विकास कोष ऐन, २०५३ को दफा २४ खारेज गरिएकोछ ।

(ण) दूर सञ्चार ऐन, २०५३ को दफा ३४ को उपदफा (१) खारेज गरिएको छ।

(३) उपदफा (१) वा (२) बमोजिम खारेज वा संशोधन भएका ऐन वा ऐनका दफाहरु अन्तर्गत गरिएका सबै काम कारबाही यसै ऐन अन्तर्गत गरिएको  मानिने छन् ।

(४) यो ऐन लागू हुनुभन्दा अघिका आय वर्षको आयकर निर्धारण  र असुल उपर गर्ने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा आयकर ऐन, २०३१ का व्यवस्थाहरु लागू हुनेछन् ।

गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको। 

2 औद्योगिक व्यवसाय ऐन, २०७३ द्वारा लागू भइसकेको। 


द्रष्टव्यः (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरु; 

श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।

(२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएका शब्दहरुः 

“पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत”।

Share this Law

दफा १४३ : खारेजी, संशोधन र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.