दफा १३६क : पुरस्का र सुराकी खर्चको व्यवस्था

Estimated reading: 0 minutes 405 views

(१)कुनै व्यक्तिले आफ्नो करको दायित्व सम्पूर्ण वा केहि अंश छलेको वा छल्न कोशिस गरेको प्रमाण सहितको सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असुल उपर गरिएको करको रकममध्ये निजले पेश गरेको प्रमाणबाट निर्धारण भए जतिको कर रकमको बीस प्रतिशत बराबरको रकम महानिर्देशकको निर्णयले पुरस्कार दिन सकिनेछ ।

(२)उपदफा (१)  बमोजिम पुरस्कार पाउने व्यक्ति भन्दा बढी भएमा  पुरस्कारको रकम समानुपातिक रुपमा दिइनेछ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व चुहावटको सूचना दिने व्यक्तिलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम तत्काल दशहजार रुपैयाँसम्म सुराकी खर्च दिन सकिनेछ।

(४) उपदफा (१) र (३) बमोजिमको सूचना दिने व्यक्तिको नाम, थर र वतन गोप्य राखिनेछ।

Share this Law

दफा १३६क : पुरस्का र सुराकी खर्चको व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.