दफा १२४ : झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय

Estimated reading: 0 minutes 361 views

कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानाजानी वा लापरवाही साथ पेश गरेको कारणले झुट्टा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो विषयका सम्बन्धमा कुनै खास कुरा वा विषयको जानकारी विवरणमा उल्लेख नगरी वा हटाई सो विवरण भ्रमपूर्ण हुन गएकोमा त्यस्तो व्यक्तिलाई चालीस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिबाना वा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि” विभागमा दिएको कुनै जानकारी वा विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्य पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृत समक्ष लिखित रुपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण सम्झनु पर्छ;

(क) निवेदन, सूचना, विवरण, उजूरी, वयान वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेस गरिएको अन्य कागजात,

(ख) विभाग वा विभागका कुने अधिकृत समक्ष पेश गरिएको कागजात,

(ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा

(घ) विवरण दिइने कुराको मनासिव जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी।

Share this Law

दफा १२४ : झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.