दफा १०३ : कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा

Estimated reading: 0 minutes 398 views

(१) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले परिच्छेद–१७ बमोजिम कट्टी गर्नु पर्ने करलाई अदालतको आदेश वा अन्य कुनै कानून बमोजिम वा अन्य कुनै किसिमले गर्नु पर्ने भुक्तानीलाई भन्दा अग्राधिकार दिनु पर्नेछ ।

(२) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले परिच्छेद–१७ बमोजिम कट्टा गरेको करसम्बन्धमा देहाय बमोजिम हुनेछ;

(क) त्यस्तो व्यक्तिले कट्टी गरेको कर र त्यस्तो कर बापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो समेत नेपाल सरकारको निमित्त रोक्का राखेको मानिने,

(ख) सो कट्टी गरिएको कर रकम त्यस्तो व्यक्तिको ऋण वा दायित्वसंग आवद्ध गर्न नसकिने, र

(ग) त्यस्तो अग्रिम कर कट्टी गर्ने व्यक्ति टाट पल्टिएको वा विघटन भएको अवस्थामा सो कर कट्टी रकम त्यसरी विघटन भएको वा टाट पल्टेको जेथाको भाग नमानिने र त्यसरी विघटन भई वा टाट पल्टिई भाग लगाउनु पर्दा कट्टी गरिएको कर वा सो सम्पत्ति उपर विभागको पहिलो दाबी रहने ।

Share this Law

दफा १०३ : कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.