दफा १०२ : कर निर्धारणको सुचना

Estimated reading: 0 minutes 404 views

विभागले देहायका कुराहरु खुलाई दफा १०० को उपदफा (२) वा दफा १०१ बमोजिम गरेको कर निर्धारणको लिखित सूचना कर निर्धारण गरिएको व्यक्तिलाई दिनु पर्नेछ ।

(क) कर निर्धारणसंग सम्बन्धित आय वर्ष वा अवधिको लागि दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने र दाखिला गर्न बाँकी निर्धारित कर,

(ख) खण्ड (क) मा उल्लिखित कर निर्धारणमा कर गणना गरिएको तरिका,

(ग) विभागले कर निर्धारण गर्नु परेको कारण,

(घ) दाखिला गर्न बाँकी निर्धारित कर दाखिला गर्नु पर्ने समय, र

(ङ) कर निर्धारण उपर चित्त नबुझेमा उजूरी गर्ने समय, स्थान र तरिका ।

Share this Law

दफा १०२ : कर निर्धारणको सुचना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.