दफा ९४ : किस्ताबन्दीमा कर दाखिला

Estimated reading: 1 minute 345 views

(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ;

दाखिला गर्नुपर्ने मिति     दाखिला गर्नुपर्ने रकम 
पौष महिनाको अन्त्यसम्म  अनुमानित करको चालीस प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम 
चैत्र महिनाको अन्त्यसम्म    अनुमानित करको सत्तरी प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम  
असार महिनाको अन्त्यसम अनुमानित करको शत प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम

स्पष्टीकरणः १) यस उपदफाको प्रयोजनको लागि,

(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नुपर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नुपर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।

(ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनुपर्छ;

(१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा त्यस्तो आय वर्षमा दाखिला गरेको कर रकम,

(२) त्यस्तो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम सो वर्षमा त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीबाट कट्टी भएको कर रकम,

(३) किस्ता बुझाउनुपर्ने मितिभन्दा अगाडि उक्त वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

 (४) किस्ता बुझाउनुपर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधी उपचार खर्चको कर मिलान रकम ।

1(१क) कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछः-

दाखिला गर्नुपर्ने मिति     दाखिला गर्नुपर्ने कर रकम 
पुस महिनाको अन्त्यसम्म    पुस २० गते सम्मको कारोबारमा तोकिएको दरअनुसार लाग्ने कर 
असार महिनाको अन्त्यसम्म  असार २० गते सम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दरअनुसार लाग्ने करको गणना गरी त्यस्तो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम।  

(२) उपदफा(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनुपर्ने समग्र किस्ताको जम्मा रकम सात हजार पाँच सय रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनुपर्ने छैन ।

(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत कट्टी गर्न पाउनेछ ।

1 आर्थिक ऐन, २०७५ द्वारा थप।

Share this Law

दफा ९४ : किस्ताबन्दीमा कर दाखिला

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.