परिच्छेद-१७ भुक्तानीमा कर कट्टी

दफा ९१ : कर कट्टी प्रमाणपत्र

Estimated reading: 0 minutes 35 views

(१) अग्रिम कर कट्टी गर्ने व्यक्ति ले कर कट्टी हुने व्यक्तिलाई उपदफा (२) मा तोकिएको समयमा देहाय बमोजिमको कर कट्टी प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ः–

(क) विभागद्वारा कुनै तरिका तोकिएको भए सो तरिका बमोजिम प्रमाणित गरिएको , र

(ख) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कट्टी गरिएको कर रकम तथा भुक्तानी रकमहरु खुलेको ।

(२) अग्रिम कर कट्टी गरेको अवधि खुलाई अग्रिम कर कट्टी गरेको महिना समाप्त भएको मितिले पच्चीस दिनभित्र अग्रिम कर कट्टी प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८७ बमोजिम कर कट्टी गरिएको अवस्थामा अग्रिम कर कट्टी प्रमाणपत्र देहाय बमोजिम प्रदान गर्नु पर्नेछ ः–

(क) सो प्रमाणपत्र सो आय वर्षमा सो कर्मचारी वहाल रहेको अवधिभरको लागि मात्र हुनेछ ।

(ख) सो प्रमाणपत्र सो वर्ष समाप्त भएको मितिले तीस दिनभित्र उपलब्ध गराई सक्नु पर्नेछ वा सो वर्षमा सो कर्मचारीले सो अग्रिम कर कट्टी गर्ने व्यक्तिकोमा रोजगारी गर्न छोडेको भए सो रोजगारी छोडेको मितिले तीस दिनभित्र सो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

Share this Law

दफा ९१ : कर कट्टी प्रमाणपत्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.