दफा ६५ : अवकाश भुक्तानीहरु

Estimated reading: 0 minutes 379 views

(१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति अवकाश कोषमा रहेको योगदानमा आधारित हितबाट भएको वा नेपाल सरकारबाट भएको अवकाश भुक्तानी आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ;

(क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरुलाई आयमा समावेस गर्नु पर्नेछ , र

(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यदि त्यस्तोे भुक्तानी एकमुष्ठ रुपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भुक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैुरव्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “योगदानमा आधारित हित” भन्नाले दफा ६३ को उपदफा (३) बमोजिम तोकिएको सीमाभित्र रही गरिएको अवकाश योगदानसँग सम्बन्धित हितलाई सम्झनु पर्दछ।

(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछ;

(क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रुपमा हुने कर कट्टीको रुपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ, र

(ख) गैरबासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “स्वीकृति नर्लिको अवकाश कोषमा रहेको हित बापत भएको लाभ” भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझइएको अवकाश योगदानहरुको रकमभन्दा सो कोषबाट सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए जतिको रकम सम्झनु पर्छ ।

तर हिताधिकारीको योगदान नहुने कुनै कोष (नन् कण्ट्रीबुटरी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ मानिने छैन।

Share this Law

दफा ६५ : अवकाश भुक्तानीहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.