दफा ६३ : अवकाश कोषको स्वीकृति

Estimated reading: 0 minutes 430 views

(१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।

तर नागरिक लगानी कोष ऐन, २०४७ बामोजिम स्थापना भएको नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन,२०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोष, कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी सञ्चय कोष र निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोषले अवकाश कोष सञ्चालन गरेमा त्यस्तो कोषको लागि स्वीकृति लिनुपर्ने छैन।

(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य आय गणना गर्दा घटाई पाउन दाबी गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दाबी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन ।

Share this Law

दफा ६३ : अवकाश कोषको स्वीकृति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.