दफा ६२ : बीमाबाट प्राप्त रकम
(१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बीमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ म उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बीमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछ;
(क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बिमित उपर अन्तिम रुपमा हुने कर कट्टीद्धारा कर लगाइनेछ , र
(ख) गैर बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बिमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “लगानी बिमाबाट प्राप्त लाभ” भन्नाले सो बिमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बिमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ ।