(१) लगानी बीमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा लगानी बिमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(२) लगानी बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आय गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ;

(क) देहायका रकमहरु बहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरु समावेश गर्ने ;

(१) सो व्यक्तिले सो व्यवसाय सञ्चालन गर्दा प्रिमियम लगायत बीमा प्रिमियम बापतको रुपमा सो आय वर्षमा प्राप्त गरेको  पुनर्बीमाको रकम, र

(२) पुनर्बिमा , जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड (ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु ।

(ख) देहायका रकमहरु बहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरु कट्टी गर्ने;

(१) कुनै व्यक्तिले बीमकको हैसियतमा उक्त व्यवसाय सञ्चालन गर्दा गरेको भुक्तनीहरु, र

(२) बिमितलाई फिर्ता भएको खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित  प्रिमियम ।

(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड (१) र (२) मा उल्लिखित रकमहरु सो व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानी र खर्च मानिने छैन ।

(४) कुनै व्यक्तिको लगानी बीमा व्यवसायको लगानी बीमा सम्झौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिने छैन ।

Share this Law

दफा ६१ : लगानी बीमा व्यवसाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.