दफा ६० : सामान्य बिमा व्यवसाय

Estimated reading: 0 minutes 370 views

(१) सामान्य बीमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बीमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(२) सामान्य बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ;

(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नु पर्ने कुनै अन्य रकमहरुका अतिरिक्त देहायका रकमहरु प्नि समावेश गर्नु पर्नेछ;

(१)सो व्यक्तिले सो वर्षमा सो व्यवसाय सञ्चालन गरी प्राप्त गरेको पुनर्बीमाको प्रिमियम लगायत बीमाको प्रिमियम बापतको रकम, र

(२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु ।

(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरु पनि कट्टा गर्न पाउनेछ;

(१) सो व्यवसाय सञ्चालन गर्दा सो व्यक्तिबाट बीमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरु, र

(२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बीमितलाई फिर्ता दिइएका प्रिमियमहरु ।

(३) जोखिम व्यहोर्ने कोषमा राखेको देहाय बमोजिमको रकमको योगः

(क) कुनै वर्षको नाफा नोक्सान हिसाबमा देखाइएको खुद बीमा शुल्कको पचास प्रतिशतसम्मको रकम, र

(ख) कुनै वर्षको अन्त्यमा दाबी भुक्तानी बापत बाँकी रकमको एकसय पन्ध्र प्रतिशतसम्मको रकम।

तर यस उपखण्ड बमोजिम कुनै वर्ष खर्चकट्टी लिएको रकम आगामी आय वर्षमा बीमा व्यवसायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्नेछ।

1(३) ………………….

1(४) …………………..

1 आर्थिक ऐन, २०७५ द्वारा झिकिएको। 

Share this Law

दफा ६० : सामान्य बिमा व्यवसाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.