दफा ५८ : लाभांश कर घटाउन नदिने व्यवस्था

Estimated reading: 0 minutes 378 views

(१) कुनै निकायले देहायको सबै अवस्था कायम राखी गरेको प्रबन्धलाई लाभांश कर घटाउन गरेको प्रबन्ध  मानिनेछ;

(क) त्यस्तो निकायको सञ्चित, चालु वा अपेक्षित मुनाफा भएमा,

(ख) हित प्राप्त गर्ने कुनै व्यक्तिले सो निकायको कुनै हित प्राप्त गर्छ र त्यस्तो हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले त्यस्तो निकायको हालको वा साबिकको हिताधिकारीलाई वा निजको सम्बद्ध व्यक्तिलाई हित प्राप्तिसंग सम्बन्धित भए वा नभए पनि र हित प्राप्तिको समयमा भुक्तानी भए वा नभए पनि कुनै भुक्तानी गरेकोमा ,

(ग) त्यस्तो भुक्तानी पूर्ण वा आंशिक रुपमा निकायको मुनाफामा प्रतिबिम्बित भएमा , र
(घ) त्यस्तो निकायले त्यस्तो हित प्राप्तकर्तालाई  लाभांश वितरण गरेकोमा र त्यस्तो लाभांशले पूर्ण वा आंशिक रुपले उक्त मुनाफालाई समावेश गरेमा ।

(२) उपदफा (१) बमोजिम गरिएको लाभांश कर घटाउने प्रबन्ध  अन्तर्गत कुनै निकायबाट लाभांश वितरण गरिएकोमा सो प्रबन्धलाई देहाय सरह भएको मानिनेछ;

(क) हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले गरेको भुक्तानीलाई सो व्यक्तिले गरेको भुक्तानी नमानी सो निकायले खण्ड (ख) मा उल्लिखित साबिक वा हालको हिताधिकारीलाई लाभांश वितरण गरे सरह मानिनेछ ।

(ख) सो निकायबाट हित प्राप्तकर्तालाई वितरण गरिएकोे लाभांश खण्ड (क) मा उल्लिखित लाभांशबाट सो भुक्तानी भनिएको रकम घटाई हुन आउने रकम बराबर भएको मानिनेछ ।

Share this Law

दफा ५८ : लाभांश कर घटाउन नदिने व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.