दफा ५६ : निकाय र हिताधिकारीबीचको कारोबार

Estimated reading: 0 minutes 372 views

(१) दफा ४५ को अधीनमा रही कुनै निकाय तथा सो निकायको हिताधिकारी बीच एक अर्कामा वितरणको कुनै तरिका वा अन्य कुनै किसिमले सम्पत्तिको स्वामित्वको हस्तान्तरणबाट सम्पत्ति निसर्ग भएमा देहाय बमोजिम हुनेछ;

(क) सम्पत्ति हस्तान्तरणकर्ताले सो सम्पत्तिको निसर्ग हुनुभन्दा तत्काल अघिको बजार मूल्य सरहको रकम सो निसर्गबाट प्राप्त गरेको मानिनेछ , र

(ख) सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिको सो सम्पत्ति प्राप्त गर्दा खण्ड (क) मा उल्लेख भए बराबरको रकम लागत परेको मानिनेछ ।

(२) दफा ४५ को अधीनमा रही कुनै निकाय र सो निकायको कुनै हिताधिकारीबीच एक अर्कामा कुनै दायित्वको हस्तान्तरणबाट सो दायित्वको निसर्ग भएमा देहाय बमोजिम हुनेछ;

(क) दायित्व हस्तान्तरणकर्ताको सो दायित्व निसर्ग हुनुभन्दा तत्काल अघिको बजार मूल्य सरहको रकम सो दायित्व निसर्ग गर्दा लागत परेको मानिनेछ , र

(ख) दायित्व हस्तान्तरण गरिलिने सो व्यक्तिले दायित्व लिँदा खण्ड (क) मा उल्लेख भए बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

(३) कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ ।

तर तोकिएको कुनै अवस्थामा यो उपदफामा उल्लेख गरिएको कुरा लागू नहुने गरी व्यवस्था गर्न सकिनेछ ।

Share this Law

दफा ५६ : निकाय र हिताधिकारीबीचको कारोबार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.