दफा ५४ : लाभांशको कर

Estimated reading: 0 minutes 387 views

(१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछ;

(क) कुनै कम्पनीको शेयरवाला वा साझेदारी फर्मको साझेदारीलाई लाभंश वितरण गरेमा अन्तिम रुपमा कर कट्टीको विधिले कर लाग्नेछ, र

(ख) अन्य निकायहरुलाई विवरण गरेमा कर लाग्ने छैन ।

(२) कुनै गैर बासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कर कट्टी भई प्राप्त भएको लाभांश वितरण गरेमा कर लाग्ने छैन ।

1(४) ………………………..

(५) कुनै निकायको हिताधिकारीको हित बापत प्राप्त हुने परिच्छेद –८ बमोजिमका आम्दानीहरुमा सो हित बापत कुनै निकायबाट गरिएको पूँजीको फिर्ता रकम समावेश गर्नु पर्नेछ ।

तर निकायले वितरण गरेको लाभांश समावेश गर्नु पर्ने छैन ।

1 आर्थिक ऐन,२०७५ द्वारा झिकिएको।

Share this Law

दफा ५४ : लाभांशको कर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.