परिच्छेद – १५ निरीक्षण सम्बन्धी व्यवस्था

दफा ९५ः निरीक्षकको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 20 views

१) कार्यालयको तर्फबाट सम्पादन गरिने काम तथा कर्तव्यको पालना र अधिकारको प्रयोग निरीक्षक तथा मातहतका कर्मचारीबाट तोकिए बमोजिम हुनेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन वा अन्य कानूनमा कुनै काम व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकले नै गर्नुपर्ने भनी उल्लेख भएकोमा त्यस्तो कार्य वा कारखानाको मेसिनरी तथा औजारको निरीक्षण, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विषय तथा अन्य प्राविधिक कार्य गर्ने अधिकार कार्यालयको तर्फबाट व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकलाई हुनेछ।

तर कुनै कार्यालयमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षक नभएमा अर्को कार्यालयमा कार्यरत व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकलाई वा सम्बन्धित विषयमा जानकार प्राविधिकलाई समेत कार्यालयले निरीक्षणको काममा लगाउन र सो बमोजिम श्रम निरीक्षकले कार्यालयको तर्फबाट काम गर्न यस उपदफामा लेखिएको कुराले वाधा पुश्याएको मानिने छैन।

Share this Law

दफा ९५ः निरीक्षकको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.