दफा ५१ : औषधी उपचार बापत कर मिलान

Estimated reading: 0 minutes 456 views

(१) कुनै प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफै वा अन्य कुनै व्यक्ति मार्फत गरेको स्वीकृत औषधी उपचार खर्चको लागि कुनै आय वर्षमा औषधी उपचार बापत कर मिलान गर्न दाबी गर्न सक्नेछ ।

(२) कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधी उपचार बापत कर मिलानको रकम उपदफा (१) बमोजिमको स्वीकृत औषधी उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा उपदफा (४) मा उल्लिखित कुनै रकम भए सो समेत जोडी गणना गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दाबी गरिएको औषधी उपचार बापत कर मिलान रकम तोकिएको सीमाभन्दा बढी हुने छैन ।

(४) कुनै आय वर्षमा कुनै प्राकृतिक व्यक्तिको हकमा देहायका हदसम्म खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम बढी भएको रकम जिम्मेवारी सारी आगामी वर्षहरुमा उपदफा (२) बमोजिमको रकममा समावेश गर्न सकिनेछ;

(क) उपदफा (२) बमोजिमको रकम उपदफा (३) बमोजिमको सीमाभन्दा बढी भएमा यस्तो बढी भएको रकम, र

(ख) सो वर्षमा दफा ३ को खण्ड (क) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम कम भएको कारणले सो व्यक्तिले औषधी उपचार बापत कर मिलान उपयोग गर्न नसक्ने हदसम्मको रकम ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “स्वीकृत औषधी उपचार खर्च” भन्नाले तोकिए बमोजिमको स्वीकृत औषधी उपचार खर्च सम्झनु पर्छ ।

Share this Law

दफा ५१ : औषधी उपचार बापत कर मिलान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.