दफा ४९ : खर्च तथा आम्दानीहरुको बाँडफाँडबाट हुने निसर्ग

Estimated reading: 0 minutes 374 views

(१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा , वहन गर्दा वा निसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरु अवस्थानुसार प्राप्ति, वहन वा निसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरु बीच बाँडफाँड गर्नु पर्नेछ;

(क) एकै समयमा एक बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा , वा

(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निसर्ग गरेमा ।

(२) कुनै सम्पत्तिको स्वामित्व धारणा गर्ने वा दायित्व वहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेमा सो निसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खुद खर्च वा खुद आम्दानीहरुलाई निसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निसर्गको तत्काल पछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नु पर्नेछ ।

Share this Law

दफा ४९ : खर्च तथा आम्दानीहरुको बाँडफाँडबाट हुने निसर्ग

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.