दफा ४० : सम्पत्ति वा दायित्वको निसर्ग

Estimated reading: 0 minutes 434 views

(१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पतिको निसर्ग गरेको मानिनेछ । सम्पत्तिको निसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी, बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्न पर्नेछ ।

(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निसर्ग गरेको मानिनेछ। दायित्वको निसर्गमा दायित्व फछ्यौंट, रद्द, मुक्त, समापन हुनु वा अर्काे दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति  वा दायित्वको देहायका अवस्थाहरुमा निसर्ग गरेको मानिनेछ;

(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि,

(ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीहरुको योग सो सम्पत्ति बापतका खर्चहरुको योगभन्दा बढी भएमा,

(ग) ऋण दाबी भएको सम्पत्तिको सम्बन्धमा, –

(१) बैङ्क वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा, र

(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असूलउपर नहुने भनी मनासिब रुपमा विश्वास गरेकोमा ,

तर सो ऋण दाबी असूल उपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरु अवलम्बन गरी सकेको हुन पर्नेछ ।

(घ) कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरि त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरुप प्रयोग गर्नुभन्दा तत्काल अघि,

(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरुमा, र

(च) नेपालमा अवस्थित जग्गा जमिन वा भवन बाहेक, सो व्यक्ति गैर–बासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि ।

(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्ति पट्टामा दिएर सो सम्पत्तिको निसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पट्टामा दिएको हो त्यस्तो व्यक्तिले निसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ ।

(५) सम्पत्ति तथा दायित्वहरुको निसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ;

(क) यो ऐन प्रारम्भ हुदाँका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्ति बापतका खुद खर्चहरुको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ।

(ख) यो ऐन प्रारम्भ हुदाँका बखत कुनै व्यक्तिको दायित्व बापतका खुद आम्दानीहरु त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ ।

Share this Law

दफा ४० : सम्पत्ति वा दायित्वको निसर्ग

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.