परिच्छेद-३ आयको गणना

दफा ८ : रोजगारीबाट भएको आयको गणना

Estimated reading: 0 minutes 69 views

(१) कुनै प्राकुतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त  गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्नेछ ।

(२) रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका भुक्तानीहरु त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछ ;

(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरे बापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु बापतको भुक्तानी,

(ख) महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरन्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुत्तानी,

(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्यौँट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,

(घ) रोेजगारीका कुनै शर्तमा सहमती जनाएबापत गरिएका भुक्तानी,

(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी

(च) अवकाश भुक्तनी र राजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,

(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, र

(ज) परिच्छेद–६ वा ७ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरु ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरु समावेश गर्नु पर्ने छैन ;

(क) दफा १० बमोजिम छूट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी,

(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,

(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्रर्यौट वा सोधभर्ना ;

(१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा वा

(२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छूट भएको वा छुट हुने खर्च ।

(घ) हिसाब किताब राख्न अव्यावहार वा प्रशासनिक रुपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी ।

स्पष्टीकरण :   यस दफाको प्रयोजनको लागि भुक्तानी भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्झनु पर्छ ;

(क) रोजगारदाताबाट भएको,

(ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र

(ग) रोजगारदाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्झौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।

Share this Law

दफा ८ : रोजगारीबाट भएको आयको गणना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.