परिच्छेद-२ करको आधार

दफा ६ : निर्धारण योग्य आय

Estimated reading: 0 minutes 91 views

यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयलाई निर्धारण योग्य आय मानिनेछ;

(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि त्यस्तो व्यक्तिको रोजगारी, व्यवसाय वा लगानी वा आकस्मिक लाभबाट भएको आय, र

(ख) गैर–बासिन्दा व्यक्तिको  आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय वा लगानी वा आकस्मिक लाभबाट भएको आय ।

तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४वा दुबै दफा बमोजिम कर छूट दिइएको कुनै पनि आय समावेश हुने छैन ।

Share this Law

दफा ६ : निर्धारण योग्य आय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.