दफा ४ : करको गणना र करको दर

Estimated reading: 1 minute 544 views

(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम सो दफाको खण्ड (क), (ख), र (ग) मा उल्लिखित कुनै एक वा एकभन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ ।

(२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची–१ मा उल्लिखित सम्बन्धित दरहरु लगाई गणना गर्नु पर्नेछ । यसरी करको गणना गर्दा ५१ व ७१ वा दुवै दफा बमोजिम सो व्यक्तिले दाबी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क( बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तनीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ;

(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,

(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र

(ग) रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च बापत कर मिलान र  रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा दफा १२ बमोजिमको चन्दा बापत  खर्च घटाउन दाबी नगरेको ।

(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नु पर्ने कर अनुसूची–१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछ;

(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएकाृ व्यवसायबाट प्राप्त आय मात्र भएको,

(क१) औषधी उपचार खर्च बापत दफा ५१ बमोजिम तथा अग्रिम करकट्टी बापत दफा ९३ बमोजिम कर मिलान गर्न दाबी नगरेको,

(ख) व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र व्यवसायको कारेबार  तीन लाख रुपैयाँभन्दा बढी नभएको

1(ग) ………………………….

2(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको वासिन्दा प्राकृति व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नुपर्ने कर अनुसूची-१ को दफा १ को उपदफा(१७) मा तोकिएको दरअनुसार गणना गरिएको रकम बराबर हुनेछ ;

(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,

(ख) व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म भएको,

1(ग) ……………………………

(घ) चिकित्सक, इञ्जिनियर, लेखा परिक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको।

(५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नु पर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ ।

(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिम रुपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा दफा ८७, ८८, ८८क. र ८९ मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम बराबर हुनेछ ।


1 आर्थिक ऐन, २०८० द्वारा झिकिएको।
2 आर्थिक ऐन, २०८० द्वारा थप।

Share this Law

दफा ४ : करको गणना र करको दर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.