दफा १२९ : विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने

Estimated reading: 0 minutes 368 views

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२६ मा उल्लिखित कसूरमा बाहेक कुनै व्यक्तिले आफूले यस परिच्छेदमा उल्लेख भएको अन्य कुनै एक वा एकभन्दा बढी कसूर गरेको भनी अदालती कारबाहीको प्रकृया सुरु हुनु अगावै लिखित रुपमा स्वीकार गरेमा त्यस्तो एक वा एकभन्दा बढी कसूर गरे बापत लाग्ने जरिबाना रकममा नबढ्ने गरी जरिबाना रकम दाखिला गर्न विभागले त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।

(२) विभागले उपदफा (१) बमोजिमको आदेश दिँदा सो आदेशमा त्यस्तो कसूर, बुझाउनुपर्ने जरिबाना रकम र जरिबाना रकम बुझाउनुपर्ने मिति खुलाउनु पर्नेछ ।

(३) विभागले यस दफा बमोजिम दिएको आदेश अन्तिम हुनेछ र सो उपर पुनरावेदन लाग्ने छैन ।

Share this Law

दफा १२९ : विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.