दफा १०८ : प्रापकबाट करको असुली

Estimated reading: 0 minutes 388 views

(१) प्रत्येक प्रापकले प्रापकको पदमा नियुक्त भएको मिति वा नेपालस्थित कुनै सम्पत्ति कब्जामा लिएको मितिमध्ये जुन अघिल्लो हुन्छ सो मितिले पन्ध्र दिनभित्र विभागलाई लिखित रुपमा सो कुराको सूचना दिनु पर्नेछ ।

(२) कर बक्यौता राख्ने व्यक्तिले दाखिला गर्नु पर्ने रकमको सम्बन्धमा विभागले लिखित सूचना प्रापकलाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त गरेपछि प्रापकले देहाय बमोजिम गर्नु पर्नेछः

(क) प्रापकको कब्जामा आएको सम्पत्तिको आवश्यक हिस्सा बिक्री गरी आएको रकमबाट दफा १०३ को उपदफा (२) को खण्ड (ग)को अधीनमा रही उपदफा (२)बमोजिम दाखिला गर्नु पर्ने करभन्दा अग्राधिकार रहेको कुनै ऋण भए त्यस्तो ऋण बापत भुक्तानी गरी सो उपदफा अन्तर्गत विभागले सूचित गरेको रकम छुट्याई राख्नुपर्ने, र

(ख) कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट निजको कर दायित्व बापत त्यसरी छुट्याइएको रकम विभागमा दाखिला गर्नु पर्ने ।

(४) प्रापकले उपदफा (३) बमोजिम कुनै रकम छुट्याई नराखेको हदसम्म त्यस्तो कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट दाखिला गर्नुपर्ने कर दायित्व बराबरको रकम विभागमा दाखिला गर्ने व्यक्तिगत  दायित्व प्रापकको हुनेछ ।

तर दाखिला गरेको रकम कर बक्यौता रहेको व्यक्तिबाट प्रापकले असुल उपर गरी लिन सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–

(क) “प्रापक” भन्नाले देहायका कुनै व्यक्ति सम्झनु पर्छ;

(१) लिक्विडेटर,

(२) कुनै सम्पत्ति वा निकायका सम्बन्धमा प्रापकको रुपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति,

(३) बन्धकी लिई सम्पत्ति कब्जामा राख्ने व्यक्ति,

(४) मृतक प्राकृतिक व्यक्तिको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति, वा

(५) असक्षम प्राकृतिक व्यक्तिको काम कारबाही गरिदिने कुनै व्यक्ति ।

(ख) “कर बक्यौता राख्ने व्यक्ति” भन्नाले जसको सम्पत्ति प्रापकको कब्जामा आएको हो सो व्यक्ति सम्झनु पर्छ ।

Share this Law

दफा १०८ : प्रापकबाट करको असुली

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.