दफा १०७ : निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने

Estimated reading: 0 minutes 403 views

(१) कुनै निकायले यस ऐन बमोजिम पालन गर्नु पर्ने कुनै कुरा पालन नगरेमा सो समयमा सो निकायको अधिकृतको रुपमा कार्य गर्ने प्रत्येक व्यक्ति सोको निमित्त जिम्मेवार हुनेछन् ।

(२) कुनै निकायले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई कसूर गरेमा सो निकायका तत्काल वहाल रहेका वा ६ महिना अघिसम्म वहाल रहेका प्रत्येक अधिकृतहरु संयुक्त वा छुट्टाछुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार हुनेछन्।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु देहायका अवस्थामा लागू हुने छैन ;

(क) सो व्यक्तिको जानकारी वा मन्जुरी विना सो निकायले त्यस्तो कसूर गरेको अवस्थामा, र

(ख) त्यस्तो कसूर हुन नदिन सो व्यक्तिले त्यस्तै समान परिस्थितिहरुमा सामान्य मानवीय विवेक प्रयोग गर्ने व्यक्तिले अपनाउनेसम्मको होशियारी , परिश्रम र सीप अपनाएको वा प्रयोग गरेको भएमा ।

(४) कुनै व्यक्तिले उपदफा (२) बमोजिम बुझाउनु पर्ने कर दाखिला गरेमा सो व्यक्तिले देहाय बमोजिम गर्न सक्नेछ;

(क) निजले त्यसरी दाखिला गरेको रकम सो निकायबाट असुल उपर गर्न,

(ख) खण्ड (क) को प्रयोजनको लागि त्यसरी दाखिला गरेको रकमभन्दा बढी नहुने गरी निजको कब्जामा रहेको वा रहन आउने सो निकायको द्रब्य समेतका सम्पत्ति आफ्नो अधीनमा राख्न ।

(५) उपदफा (४) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर सो निकाय वा अन्य कुनै व्यक्तिले कुनै दाबी गर्न पाउने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कुनै निकायका अधिकृत” भन्नाले सो निकायको व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने कुनै व्यक्ति सम्झनु पर्छ ।

Share this Law

दफा १०७ : निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.